वीरगन्ज :

भारत नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक

श्रेणी : समाचार

3 years
birgunj report
28Views
0 Shares

काठमाडौं । भारतले नेपालको नयाँ सरकारसँग मिलेर अगाडि बढ्ने बताएको छ । बिहीबार भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले पुष्पकमल दाहाल नेतृत्वको सरकारसँग मिलेर काम गर्न भारत इच्छुक रहेको बताएका हुन् ।

उनले दुई देशबीच विशेष सम्बन्ध रहेको भन्दै यसलाई मजबुत बनाउनका लागि नयाँ सरकारसँग मिलेर अगाडि बढ्ने बताए । उनले भने, ‘दुई देशबीच जुन सद्भाव छ। जनता जनताबीचको सम्बन्ध छ। त्यसलाई दुबै देश मिलेर मजबुत बनाउँछौं ।’

वाग्चीले प्रचण्ड नेतृत्वको सरकारसँग द्विपक्षीय सम्बन्ध बलियो बनाउने पक्षमा आफूहरू पनि रहेको बताए ।

प्रचण्ड प्रधानमन्त्री भएलगत्तै सुरुमा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले टेलिफोन गरी बधाई दिएका थिए । त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीट गर्दै प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *