वीरगन्ज :

भारतीय स्कर्पियोमा नक्कली नेपाली नम्बर प्लेट प्रयोग गरेको आरोपमा दुई पक्राउ

श्रेणी : अपराध

3 weeks
Pradeep Sah
1.8kViews
1097 Shares

काठमाडौं,१२ चैत । तस्करी गरी ल्याइएको भारतीय नम्बर प्लेटको स्कर्पियोमा नक्कली नेपाली नम्बर प्लेट प्रयोग गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मोरङको पथरी शनिश्चरे नगरपालिका–८ का २१ वर्षीय ईश्वरी भण्डारी र भारतको नक्सालवारी पञ्चायत घर बताउने ३५ वर्षीय निताई घोस रहेका छन्।

सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई सोमबार राति झापाको मेचीनगर नगरपालिका–६ स्थित काँकडभिट्टा बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूले नक्कली च्यासिस नम्बर र नेपाली नम्बर प्लेट प्रयोग गरी भारतीय स्कर्पियो चलाइरहेका थिए।

प्रहरीले जनाए अनुसार उनीहरूले भारतीय स्कर्पियो गाडीलाई नेपाली च्यासिस र नम्बर प्लेट बनाएर नेपाल भित्र्याउँदै गरेको अवस्थामा नम्बर २ गण झापा मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म काँकाडभिट्टाबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो।

नेपालबाट पुराना गाडीहरू भारतीय शहरमा लगेर त्यहाँ नयाँ गाडीमा नेपाली च्यासिस र नम्बर प्लेट राखेर नेपाल ल्याउने गरेको सूचनाको आधारमा पछिल्लो समय सीमा क्षेत्रमा विशेष निगरानी बढाइएको थियो।

नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद भएको स्कर्पियो गाडीको अनुमानित मूल्य २५ लाख रुपैयाँ कायम गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *