वीरगन्ज :

भारतीय सिमावर्ती सहरमा बन्धक बनाइएका आठ महिला सहित ११ जनाको उद्दार

भारतीय सिमावर्ती सहरमा बन्धक बनाइएका आठ महिला सहित ११ जनाको उद्दार

श्रेणी : BANNER

2 years
Pradeep Sah
39Views
0 Shares

वीरगंज (पर्सा), २ जेठ । भारतीय सिमावर्ती सहर रक्सौलमा बन्धक बनाइएका ११ जनालाई प्रहरीले उद्दार गरेको छ । प्रहरी निरीक्षक मनोजकुमार शर्माको नेतृत्वमा रहेको भारतीय प्रहरी टोलीले रक्सौलमा बन्धक बनाइएका आठ महिला र तीन पुरुष सहित ११ जनालाई उद्दार गरेको हो ।

राम्रो तलब सहित मार्केटिङको काम दिने प्रलोभनमा विभिन्न समयमा बोलाईएका उनीहरुलाई बन्धक बनाएर राखिएको अवस्थामा उद्दार गरिएको प्रहरीको भनाई छ । एएसटीयु एसएसबी रक्सौलको संयुक्त टोलीद्वारा उद्दार गरिएका आठ मध्ये सात जना झारखण्ड र एक जना बंगालका युवती हुन् । प्रहरी निरीक्षक शर्मालाई झारखण्डकी पीडित युवतीकी आमाले आफ्नो छोरी रक्सौलमा बन्धक रहेको सूचना दिएपछि रक्सौल प्रहरीले रेस्क्यु अप्रेशन सुरु गरेको थियो । प्रहरीले मोबाइलको लोकेशन पछ्याउदै पीडित किशोरीलाई बन्धक बनाइएको स्थानमा पुगेर उद्धार गरेको हो ।

रेस्क्यु अप्रेशनमा मानव तक्करी रोधी इकाई क्षेत्र बेतिया कार्यालय ४७औं वाहिनी रक्सौलका प्रहरी निरीक्षक शर्मासहित अनुमण्डल प्रहरी पदाधिकारी, रक्सौल अंचलाधिकारी, बिहार प्रहरी, सशस्त्र बल न्याय केन्द्र प्रोजेक्ट पूर्वी चम्पारणलगायतको टोली सहभागी थियो । उक्त टोलीले युवती र युवकलाई बन्धक बनाउन सक्रिय रहेका पाँचमध्ये दुई जनालाई पक्राउ गरेको छ भने अन्यको खोजी सुरु गरेको छ ।
उद्दार गरिएका किशोरीले आफूहरुमाथी पीडकले यौन शोषण गरेको बयान दिएका छन् ।

पीडकले १२ हजार रुपैया दिएमा मुक्त गरिदिने भन्दै रकम माग गरेको र उक्त रकम बुझाउन नसक्दा आफूहरुलाई औषधी खुवाउँदै यौन शोषण गरेको बयान किशोरीले दिएको प्रहरीको भनाई छ । पीडित युवकसँग भने बन्धक बनाउनेले २० हजार नगद माग गरेका थिए । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *