वीरगन्ज :

भारतीय पक्षबाट बर्दियाका वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी

श्रेणी : अन्तर्राष्ट्रिय

2 days
Pradeep Sah
1.8kViews
1381 Shares

बर्दिया,२२ जेठ । बर्दिया जिल्लाको सीमावर्ती क्षेत्रका स्थानीय जनप्रतिनिधिमाथि भारतीय सुरक्षाकर्मीले पक्राउ पुर्जी जारी गरेका छन्। गुलरिया नगरपालिका–९ का वडाध्यक्ष हरिप्रसाद पासवान र सोही वडाका अनिल यादवमाथि भारतको मुर्तिहा रेन्ज पोष्टले वन अपराध सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो।

भारतीय पक्षले उनीहरूलाई “वन अपराध पंजिका ९एच १०” अन्तर्गत अखेटापहार ओसारपसारको आरोप लगाउँदै पक्राउ पुर्जी निकालेको हो। तर वडाध्यक्ष पासवानले उक्त आरोपलाई अस्वीकार गर्दै यसलाई झूठो र षड्यन्त्रपूर्ण दाबी गरेका छन्।

“नेपाली नागरिकमाथि कुटपिट, अपमान र अवैध असुली भइरहेका थिए,” पासवानले भने, “मैले जनप्रतिनिधिको हैसियतले त्यसको विरोध गरेँ, त्यसैले उल्टै झुठा मुद्दा लगाइएको हो।”

उनले भारतीय वन रक्षकहरूले घाँस–दाउरा गर्न गएका नेपालीहरूबाट गैरकानुनी रुपमा रकम असुल्दै आएको र विरोध गर्नेलाई दमन गरिरहेको आरोपसमेत लगाए।

सशस्त्र प्रहरी बल ३१ नम्बर गणका उपरीक्षक मानबहादुर शाहीले वडाध्यक्ष पासवान र अनिल यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गर्दै भारतसँग समन्वय भइरहेको जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *