२०८२ बैशाख २६, शुक्रबार

वीरगन्ज :
०२:२१:०४

भारतीय नागरिक प्रतिनिधिसभा सदस्यको उम्मेदवार

भारतीय नागरिक प्रतिनिधिसभा सदस्यको उम्मेदवार

श्रेणी : BANNER

3 years
Pradeep Sah
19Views
0 Shares

आगामी मंसिर ४ गते हुने निर्वाचनमा भारतीय नागरिक प्रतिनिधि सभाको उम्मेदवार बनेका छन्।

प्राप्त खबर अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ मा जन चाहना विपरित कुनै दलले भ्रष्टाचारीलाई, कुनै दलले अपराधीलाई नै उम्मेदवार बनाएका छन् भने राष्ट्रवादको नारा फलाक्ने राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतीय नागरिकलाई नै उम्मेदवार बनाएर रैथाने नागरिकलाई पाखा लगाएको छ ।

भारत बिहार राज्य सितामढी जिल्ला बेल निवासी नरेश साहलाई पर्सा क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाएर राप्रपाले राष्ट्रवादको खोक्रो नारा लगाउने गरेको अहिले चर्चाको विषय बनेको छ ।

वर्षऔँ देखि पार्टी र देशप्रति ईमानदार नेता कार्यकर्ताको योगदानलाई बेवास्ता गर्दै राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले भारतीय नागरिकलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएर राष्ट्रवादको परिभाषालाई नै परिवर्तन गरिदिएको छ।

२०६३ सालको नागरिकता टोलीबाट झुठो विवरण पेस गरी नेपाली नागरिकता लिएको पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले भारतीय नागरिक नरेश साहको नागरिकता खारेजीको लागी गृहमन्त्रालयमा सिफारिस गरिसकेको अवस्थामा राप्रपाले निजलाई उम्मेदवार बनाएको हो ।

एका तिर राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेनले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको मुद्दा लिएर जनतामा हिंडेका छन् भने अर्कोतिर भारतीय नागरिकलाई उम्मेदवार बनाएर सांसद र मन्त्री बनाउने योजनामा जुटेको विषयले पर्सा जिल्लामा चर्चाको विषय बनेको छ ।

राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना हुनु पर्ने पक्षमा अधिकांश नेपालीको एक मत छ तर यो मुद्दा लिएर मत माग्न जनता माझ हिडेका राप्रपाका उम्मेदवारहरुलाई भारतीयलाई सांसद र मन्त्री बनाउन मत दिने भनी प्रश्न उठ्न थालेको छ ।

आम जनताका साथै बुद्धिजीवी वर्गमा राप्रपाको राष्ट्रवाद भारतीय नागरिकलाई नेपालको सांसद र मन्त्री बनाउने नै हो भन्ने प्रश्न उठेको हो ।

चुनावी सरगर्मी बढेसँगै पर्सा जिल्ला सदरमुकामका साथै ग्रामीण भेगको चोक चौराहा तथा चिया पसलमा हिजो आज कुन दलको कस्तो उम्मेदवार छन् त्यसकै लेखा जोखा हुने गरेको पाइन्छ । यी नै लेखा जोखाका क्रममा राप्रपाको भारतीयलाई सांसद बनाउने कस्तो राष्ट्रवाद हो भन्ने प्रश्न उठ्ने गरेको पाइन्छ ।

भारतीय नागरिकलाई उम्मेदवार बनाएकै कारण अहिले राप्रपा प्रति आम जनमानसमा घृणाबोध पाइन्छ ।

जुन व्यक्ती (नरेश साह) ले आफु भारतमा जन्म भएको भनि जिल्ला प्रशासन कार्यालयमा स्वयम बयान दिएका छन् भने आफ्नो फेसबुक मार्फत समेत भारतीय भएको स्वीकार गरी सकेको अवस्थामा राप्रपाले तिनलाई उम्मेदवार बनाउनु केको लोभ हो भन्ने प्रश्न पनि जन–जनमा उठ्न थालेको छ । #suryachandrawani

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *