![](https://birgunjreport.com/wp-content/uploads/2025/01/india-2.webp)
श्रेणी : अन्तर्राष्ट्रिय
1.8kViews
1614
Shares
काठामाडाैं,१५ माघ । उत्तरी भारतको बागपत जिल्लामा मंगलबार एक धार्मिक समारोहका क्रममा काठको प्लेटफर्म भत्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।
जैन धर्मका सयौँ भक्तजन मिठाई चढाउन मन्दिरमा भेला भएका बेला यो दुर्घटना भएको हो। जिल्ला प्रशासक अस्मिता लालका अनुसार घाइतेमध्ये २० जनालाई प्राथमिक उपचारपछि घर पठाइएको छ।
एनडिटिभीका अनुसार जैन धर्मका आदिनाथ देवताको मोक्षको स्मरणमा हरेक वर्ष यो धार्मिक पर्व मनाइने र त्यस अवसरमा उक्त प्लेटफर्म निर्माण गरिने गरेको थियो।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया