२०८२ जेष्ठ १७, शुक्रबार

वीरगन्ज :
१३:०४:१६

भारतीय आक्रमणको जवाफ दिने पाकिस्तानको घोषणा

श्रेणी : BANNER

3 weeks
Pradeep Sah
2.9kViews
1881 Shares

काठमाडाैं,२४ वैशाख । पाकिस्तानले भारतको हालैको क्षेप्यास्त्र आक्रमणलाई “सार्वभौमसत्तामाथिको जघन्य हमला” भन्दै जवाफ दिने घोषणा गरेको छ। प्रधानमन्त्री शेहबाज शरिफको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि सार्वजनिक गरिएको विज्ञप्तिमा पाकिस्तानले संयुक्त राष्ट्रसंघको चार्टरको धारा ५१ उद्धृत गर्दै, आत्मरक्षाका लागि कारबाही गर्न पाउने अधिकार प्रयोग गरिने उल्लेख गरिएको छ। साथै, पाकिस्तानले आफ्ना सैन्य बलहरूलाई भारतविरुद्ध आवश्यक प्रतिउत्तर दिन स्वीकृति दिइएको जनाएको छ।

पाकिस्तानी सुरक्षा स्रोतका अनुसार आक्रमणपछिको कारबाहीमा पाँच भारतीय लडाकू विमान र केही ड्रोन खसालिएको छ। पाकिस्तानले आतङ्कवादी शिविर रहेको भारतीय दाबीलाई अस्वीकार गर्दै, इस्लामाबादस्थित भारतीय दूतावासका उपप्रमुखलाई तलबुजुक गरी आपत्ति जनाएको छ।

भारत र पाकिस्तानबीचको यो झडपले सीमामा गोलीबारीको रुप लिएको छ। भारतीय सेनाले १० जना सर्वसाधारण मारिएको जनाएको छ भने पाकिस्तानले २६ जनाको मृत्यु भएको दाबी गरेको छ। तीमध्ये केही मौलाना मसुद अजहरका आफन्त रहेको बताइएको छ।

भारतले यो सैन्य कारबाहीलाई ‘अपरेशन सिन्दूरु’ नाम दिएको छ। भारतीय अधिकारीका अनुसार, लक्षित हमला आतङ्ककारीहरूका शिविरविरुद्ध गरिएको हो, पाकिस्तानी सैन्य आधारविरुद्ध होइन।

त्यसैबीच भारतले देशभर ‘सिभिल डिफेन्स मोक ड्रिल’ आयोजना गरेको छ। विद्यालयका विद्यार्थीहरू समेत सहभागी गराइएको यो अभ्यास गृह मन्त्रालयको निर्देशनमा गरिएको हो।

प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको जलस्रोत भारतकै हितमा उपयोग गरिने घोषणा गरे पनि पाकिस्तानसँगको ताजा तनावबारे टिप्पणी भने गरेका छैनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *