
श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौं , २२ पुस । गृहमन्त्री रमेश लेखकले कन्चनपुरस्थित नेपाली भूमी भारतीय नागरिकले उपभोग गरेको विषयमा सरकार गम्भीर रहेको बताएका छन् ।
सुक्लाफाँटा राष्ट्रिय निकुञ्जका क्षेत्रका नेपाली भूमीमा भारतीय नागरिकहरूले खेतीपाती गरिरहेको विषयमा राज्य व्यवस्था समितिमा सांसदहरूले प्रश्न उठाएपछि गृहमन्त्री लेखकले सरकार यसबारेमा पूर्ण जानकारी राख्दै गम्भीरताका साथ समाधानको प्रयास गरिरहेको उल्लेख गरे ।
“भारतीय नागरिकले हाम्रो भूमीमा खेती गरिरहेका छन् भन्ने जानकारी हामीलाई विभिन्न स्रोतबाट प्राप्त भएको छ,” उनले भने, “सरकार यस विषयमा गम्भीर छ र कूटनीतिक माध्यमबाट समाधान खोज्दैछ ।”
गृहमन्त्री लेखकले नेपाल सरकार आफ्नो भूमि र सीमाना रक्षामा गम्भीर रहेको बताए ।
राज्य व्यवस्था समितिको बैठकमा एमाले सांसद रघुजी पन्त र कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले यस विषयमा गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।


प्रतिक्रिया