वीरगन्ज :

भारतमा शीतलहरको कहर, उत्तर प्रदेशमा २९ को मृत्यु

भारतमा शीतलहरको कहर, उत्तर प्रदेशमा २९ को मृत्यु

श्रेणी : अन्तर्राष्ट्रिय

6 months
Pradeep Sah
2.8kViews
1208 Shares

काठमाडौँ, २४ पुस । उत्तरी भारतमा शीतलहरको प्रभावले गर्दा जनजीवन प्रभावित भएको छ। उत्तर प्रदेशमा ७२ घण्टामा २९ जनाको मृत्यु भएको दैनिक भास्करले जानकारी दिएको छ। उत्तर प्रदेशमा गएको २४ घण्टामा चार जनाको मृत्यु भएको छ।

राज्यका १६ जिल्लामा सतर्कता अपनाइएको छ। २ दिनपछि धेरै जिल्लामा वर्षा र असिना पानी पर्ने सम्भावना छ। जम्मु-कश्मीर र हिमाचल प्रदेशमा हिमपातका कारण पूरै उत्तर भारतमा चिसो बढेको छ।

बुधबार मौसम विभागले मध्य प्रदेश, उत्तर प्रदेश, राजस्थानलगायत ९ राज्यमा शीतलहरको चेतावनी जारी गरेको छ। भारतका १७ राज्यमा बाक्लो हुस्सु देखिएको छ। बुधबार बिहान शीतलहरका कारण धेरै उडान र रेलहरू ढिला भएका थिए।

भारतको मौसम विभागले राजस्थान र मध्य प्रदेशका विभिन्न सहरमा तापक्रम १० डिग्री सेल्सियसभन्दा तल झरेको जानकारी दिएको छ। यी राज्यहरूमा शीतलहरको चेतावनी जारी गरिएको छ, जसले दैनिक जीवनमा असर पारेको छ।

अर्कोतिर, तमिलनाडुको ऊटीमा तापक्रम शून्य डिग्री सेल्सियसमा पुगेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *