वीरगन्ज :

भारतमा तीर्थयात्रु बोकेको बस दुर्घटना, ७ जनाको मृत्यु

श्रेणी : अन्तर्राष्ट्रिय

7 months
Pradeep Sah
1.8kViews
1044 Shares

काठमाडाैं,३० माघ । भारतको मध्य प्रदेशस्थित जबलपुर जिल्लामा तीर्थयात्रु बोकेको बस दुर्घटनामा पर्दा कम्तीमा सात जनाको मृत्यु भएको छ।

दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशका तीर्थयात्रु बोकेको बस सिमेन्ट लोड गरिएको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा केही अन्य यात्रु घाइते भएका छन्।

उनीहरू उत्तर प्रदेशमा चलिरहेको महाकुम्भमा स्नान गरी घर फर्किरहेका थिए। स्थानीय प्रहरीले ट्रक तीव्र गतिमा रहेको र सोही कारण दुर्घटना भएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *