वीरगन्ज :

भारतमा कोरोना संक्रमण तीव्र, नेपाल उच्च जोखिममा

श्रेणी : अन्तर्राष्ट्रिय

3 months
Pradeep Sah
2.4kViews
1134 Shares

काठमाडौं,२६ जेठ । छिमेकी भारतमा फेरि कोरोना संक्रमण तीव्र बन्दै गएको छ, जसले गर्दा नेपाल समेत उच्च जोखिममा परेको छ। भारतमा पछिल्लो नौ दिनमा ३ हजार ४२३ जना नयाँ संक्रमित थपिएका छन् भने ५८ जनाको मृत्यु भइसकेको छ।

मे ३० मा भारतमा सक्रिय संक्रमितको संख्या २ हजार ७१० मात्र थियो भने मृत्यु संख्या ७ थियो। तर हाल दैनिक औसतमा ४०० नयाँ संक्रमित थपिँदैछन् र ५–६ जनाको मृत्यु भइरहेकाे भारतीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

विशेषगरी केरलामा धेरै संक्रमित फेला परिरहेका छन्। साथै, भारतमा चार नयाँ भेरियन्टहरू — एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ — पत्ता लागेका छन्, जुन छिटो फैलिने र शरीरको प्रतिरोधात्मक क्षमतालाई कमजोर पार्ने विशेषता भएका छन्।

आईसीएमआरका निर्देशक डा. राजीव बहलका अनुसार यी भेरियन्टहरू दक्षिण र पश्चिम भारतमा पत्ता लागेका हुन्। अन्य क्षेत्रहरूबाट पनि नमुना सङ्कलन भई परीक्षण भइरहेको छ।

नेपालमा समेत भारतबाट आएका केही व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतमा कोरोना संक्रमणको तीव्रता र मृत्युका घटनालाई ध्यानमा राख्दै नेपालमा विगत दुई सातादेखि सतर्कता र पूर्वतयारीका उपायहरू अपनाइएको जानकारी दिनुभयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *