वीरगन्ज :

भारतमा कोरोना संक्रमण तीव्र, बीरगन्ज नाकामा कडाइपूर्वक स्वास्थ्य जाँच सुरु

श्रेणी : मधेस

4 weeks
Pradeep Sah
3.0kViews
1557 Shares

बीरगन्ज,१९ जेठ । छिमेकी मुलुक भारतमा पुनः कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि बीरगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने यात्रुहरूमाथि कडाइका साथ स्वास्थ्य परीक्षण थालिएको छ।

सोमबार बीरगन्ज महानगर प्रमुख राजेशमान सिंह स्वयं वीरगंज नाकामा स्थापना गरिएको हेल्थ डेस्कको निरीक्षणमा पुगेका थिए। उनले भारतमा संक्रमणको ग्राफ उकालो लागिरहेको अवस्थामा नेपालमा जोखिम कम गर्न सतर्कता अत्यावश्यक भएको बताए।

हेल्थ डेस्कलाई थप प्रभावकारी बनाउन तयारी तीव्र पारिएको जनाउँदै प्रमुख सिंहले मास्क, स्यानिटाइजर, तापक्रम मापन उपकरणजस्ता स्वास्थ्य सामग्रीको अभाव हुन नदिन नगरपालिकाले आवश्यक व्यवस्था मिलाएको जानकारी दिए।

महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णका अनुसार, हेल्थ डेस्कको निरन्तर अनुगमन भइरहेको छ। उनले संक्रमण फैलिन नदिन हालैदेखि प्रत्येक यात्रुको तापक्रम स्क्रिनिङ अनिवार्य गरिएको पनि बताए।

स्वास्थ्यकर्मी इब्राना खातुनका अनुसार, हेल्थ डेस्कमा सरसफाइ र मर्मतसम्भारको काम पनि अघि बढाइएको छ। हेल्थ डेस्कमा हाल ७ जना जनशक्ति खटिएर स्क्रिनिङको जिम्मा सम्हालिरहेका छन्।

प्रशासकीय अधिकृत कर्णले भने, “भारतमा फेरि कोरोना सक्रिय हुँदै गएकाले नाकामा सतर्कता बढाउनुको विकल्प छैन। अहिले नै सचेत भइ तयारी नगरे जोखिम फेरि बढ्न सक्छ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *