वीरगन्ज :

भारतबाट पेट्रोल र डिजलको मूल्य बढेर आयो, ग्यासको घट्यो

श्रेणी : अर्थ

2 years
birgunj report
25Views
0 Shares

काठमाडौं । भारतबाट इन्धनको मूल्य बढेर आएको छ । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजलको मूल्य ८ रुपैयाँ वृद्धि भएर आएको छ ।

त्यसैगरी मट्टितेलको मूल्य ४ रुपैयाँ ६० पैसा र हवाइ इन्धन ७ रुपैयाँ ८० पैसा बढेको छ। तर खाना पकाउने एलपी ग्यासको मूल्य घटेर आएको छ । प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको निगमले जनाएको छ ।

अब निगमको १५ दिनको घाटा ५५ करोड हुने निगमको भनाइ छ। हरेक १५ दिनमा नयाँ मूल्य कायम हुने नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसनको सम्झौता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *