वीरगन्ज :

भारतपछि चीनले पनि पठायो प्रधानमन्त्री प्रचण्डलाई लिखित बधाई सन्देश

श्रेणी : BANNER

2 years
birgunj report
11Views
0 Shares

काठमाडौं । चीनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई सन्देश पठाउँदै साथ र सहयोग रहने बताएको छ ।

शुक्रबार चिनियाँ प्रधानमन्त्री ली खछ्याङले बधाई सन्देश पठाउँदै चीनको पूर्ण साथ रहने बताएका हुन् ।

प्रधानमन्त्री लीको लिखित बधाई सन्देश शुक्रबार चिनियाँ दूतावासका अधिकारीले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका थिए ।

सन्देशमा नेपालको स्थायीत्व, विकास र समृद्धि चीनको साथ रहने उल्लेख छ । बधाई सन्देशमा दुई देशबीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेको भन्दै यसलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ ।

यसअघि चिनियाँ दूतावासले प्रचण्ड प्रधानमन्त्री नियुक्त भएकै दिन चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बधाई दिएका थिए । आजै भारतीय प्रधानमन्त्री मोदीले पनि प्रधानमन्त्री प्रचण्डलाई लिखित सन्देश पठाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *