वीरगन्ज :

भारतको महाकुम्भ मेलामा भागदौडमा १५ जनाभन्दा धेरैको मृत्युको आशंका

श्रेणी : BANNER

5 months
Pradeep Sah
2.7kViews
1143 Shares

काठमाडौँ,१६ माघ । भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा मंगलबार राति भागदौड मच्चिँदा १५ जनाभन्दा धेरैको मृत्यु भएको आशंका गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा दर्जनौं घाइते भएका छन्।

गएराति साढे एक बजेतिर एक घाटमा भीड नियन्त्रणको प्रयासमा भागदौड मच्चिएको हो। घटनामा मृतक र घाइतेहरूको यकिन संख्या पुष्टि हुन बाँकी रहेको भारतीय सुरक्षाकर्मीले जनाएका छन्।

महाकुम्भ मेलाको प्रमुख दिन अमृत स्नानका लागि आज मात्र दश करोडभन्दा धेरै मानिसको उपस्थिति अपेक्षा गरिएको थियो। तर भागदौडका कारण अमृत स्नान कार्यक्रम रद्द गरिएको छ।

महाकुम्भ मेलामा भीड व्यवस्थापन गर्न सुरक्षाकर्मीले थप प्रयास गरिरहेका छन्। गएको जनवरी १३ देखि सुरु भएको यो मेलामा अहिलेसम्म १५ करोड मानिसले गङ्गा स्नान गरेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *