वीरगन्ज :

भारतको केरलामा डुंगा पल्टिँदा कम्तिमा २१ जनाको मृत्यु

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
27Views
0 Shares

केरलाको मलप्पुरम जिल्लाको तनुर क्षेत्रको तुवालाथिराम समुद्र तटमा एउटा डुंगा पल्टिँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ । विद्यालय बिदामा बसेका बालबालिका चढेको डुंगा पल्टिएको हो ।

दुर्घटनामा परी अझै पनि धेरै बालबालिका हराइरहेका बताइएको छ । उनीहरुको खोजी भइरहेको भारतीय प्रहरीले जनाएको छ । दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई दुई–दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । डुंगामा ३० जना सवार रहेका बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *