श्रेणी : अन्तर्राष्ट्रिय
उडिशाको बालासोरमा गत शुक्रबार भएको रेल दुर्घटनाको अनुसन्धान केन्द्रीय जाँच ब्युरो (सीबीआई) ले गर्ने भएको छ । दुर्घटनाको केन्द्रीय जाँच ब्युरो सीबीआईले अनुसन्धान गर्ने भएको हो ।
एउटा मालबाहक र दुईवटा यात्रुबाहक रेलसहित तीनवटा रेल एकैपटक दुर्घटना हुँदा ज्यान गुमाएका यात्रीका परिवारजन तथा घाइतेलाई हालसम्म १६ करोड क्षतिपूर्ति उपलव्ध गराइएको छ ।
दक्षिण पूर्वी रेलवेका एक अधिकारीका अनुसार क्षतिपूर्ति पाएका पाँच सय ३१ जनामध्ये सामान्य घाइते भएका तीन सय तीन जना, गम्भीर घाइते भएका एक सय नौ जना र मृत्यु भएका एक सय १९ जनालाई १५ करोड ६० लाख क्षतिपूर्ति प्रदान गरिएको छ ।
आफ्नो परिवारका सदस्य गुमाएका र क्षतिपूर्ति लिन चाहने परिवारलाई कटक, मिदनापुर, भुवनेश्वर र बालासोरमा स्थापना गरिएका सहयोग केन्द्रमा सम्पर्क गर्न दक्षिणपूर्वी रेलवेका आदित्य कुमार चौधरीले बताएका छन् । दुर्घटनामा दुई सय ७८ जनाको ज्यान गएको छ भने एक हजार एक सय जना घाइते भएका छन् ।
प्रतिक्रिया