वीरगन्ज :

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

श्रेणी : अन्तर्राष्ट्रिय

6 months
Pradeep Sah
1.8kViews
1349 Shares

काठमाडौ,१२ पुस । भारतका पूर्वप्रधानमन्त्री तथा काङ्ग्रेस नेता मनमोहन सिंहको बिहीबार साँझ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको छ । लामो समयदेखि स्वास्थ्य समस्या झेल्दै आएका सिंह ९२ वर्षका थिए । उनको निधनले भारतले एक असल नेता र अर्थशास्त्री गुमाएको छ ।

सिंहको स्वास्थ्य सन् २०२४ को सुरुदेखि नै गम्भीर रहेको थियो । जनवरी २०२४ मा छोरीको पुस्तक विमोचनमा उनको अन्तिम सार्वजनिक उपस्थिति देखिएको थियो ।

अप्रिल २०२४ मा राज्यसभाबाट सेवानिवृत्त भएका उनी हालका वर्षहरूमा स्वास्थ्यकै कारण सक्रिय राजनीतिबाट टाढा रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *