वीरगन्ज :

भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा

श्रेणी : राष्ट्रिय

3 years
birgunj report
49Views
0 Shares

काठमाडौं । यसवर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जनाएको छ।

सोमबार समितिले विज्ञप्ति जारी गरी यो समय नेपालका लागि उपयुक्त समय भएको जनाइएको छ। यद्यपि, दिनभर अनुकूल समयमा टीका लगाउन बाधा नपर्ने समितिले जनाएको छ।

भारत, अमेरिका, बेलायतलगायतका देशमा भने फरक–फरक समयमा उत्तम साइत रहेको समितिले जनाएको छ।

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक मनाइन्छ। तिहारमा कात्तिक कृष्ण त्रयोदशीको साँझदेखि कात्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीप दान गरिन्छ।

यमदीप दान परिवारको सङ्ख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ। यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ।

काग र कुकुरलाई पनि यमदूतका रुपमा मीठा परिकार खान दिएर खुशी बनाउने वैदिक परम्परा छ जसबाट यमलोकमा सहयोग हुने विश्वास गरिन्छ। यो वर्षको तिहार कात्तिक ६ गतेदेखि सुरु हुँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *