वीरगन्ज :

भरुवा बन्दुकको गोली लागेर बालकको मृत्यु

श्रेणी : अपराध

9 months
Pradeep Sah
2.7kViews
1131 Shares

दाङ, २५ माघ । दाङमा भरुवा बन्दुकको गोली लागेर एक बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ ठुलासम्वामा बरुवा बन्दुकको गोली लागेर आठ वर्षीय बालक भुवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीले भरुवा बन्दुक चलाएर भाइको हत्या गरेको आरोपमा मृतकका १० वर्षीय दाइ र बन्दुक लोड गरी राख्ने ६२ वर्षीय हजुरबुवा भुपेन्द्र खत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायले जानकारी दिए।

प्रहरी निरीक्षक रोकायका अनुसार घरमा लोड गरिराखेको भरुवा बन्दुक १० वर्षीय बालकले खेलाउने क्रममा शनिबार बिहान करिब ११ बजेतिर पड्किँदा उनका भाइ भुवनलाई गोली लागेको थियो।

प्रहरीले घट्नास्थलबाट एक थान भरुवा बन्दुक, ४ वटा गोली, ३२८ थान छर्रासमेत बरामद गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए।

गत माघ ३ गते पनि दाङमा गोली लागेर साथीको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्लाकाे दंगीशरण गाउँपालिका २ कौवाघारी निवासी २५ वर्षीय प्रेम कुसारीको गोली हानी हत्या गरेको अभियोगमा सोही ठाउँ निवासी २२ वर्षीय छविलाल डांँगी र २७ वर्षीय पुष्पलाल बस्नेतलाई पक्राउ गरी अनुसन्धान गरिरहेकाे दाङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *