२०८२ बैशाख ८, सोमबार

वीरगन्ज :
१४:०८:०१

भरतपुर अस्पतालमा चार सय शय्या निःशुल्क, ओपीडी टिकटको पनि पैसा नलाग्ने

श्रेणी : स्वास्थ्य

2 years
birgunj report
13Views
0 Shares

भरतपुर  । भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले शुक्रवारदेखि शय्या निःशुल्क उपलब्ध गराएको अस्पतालका प्रवक्ता वरिष्ठ फिजिसियन डा गोविन्द कँडेलले जानकारी दिए ।

उनले क्रिटिकल केयर (आईसीयू, सीसीयू, पीआईसीयू, एनआईसीयू), पोष्टअपरेटिभ वार्ड, क्याबिन, एचडीयु, स्पाइन, कार्डियाक, न्यूरोसर्जरी र अर्थोपेडिक वार्डमा भने न्यूनतम सेवा शुल्क कायम गरिएको बताए ।

अस्पतालमा हाल छ सय शैय्या सञ्चालनमा छन् । अस्पतालमा ओपीडी (बहिरङ्ग) सेवाको टिकट पनि निःशुल्क छ । भरतपुर अस्पतालमा देशभरबाट उपचारका लागि बिरामी आउने गर्दछन् ।

अस्पतालमा पछिल्लो समय दैनिक एक हजार पाँच सयदेखि दुई हजार बिरामी उपचारका लागि आउने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *