वीरगन्ज :

भन्सार प्रशासनलाई चुस्त बनाउन विधेयक अघि बढाउने सांसदको सुझाव

श्रेणी : अर्थ

2 months
Pradeep Sah
2.0kViews
1242 Shares

काठमाडाैं,०१ फागुन । सांसदहरुले व्यापार सहजीकरणका लागि भन्सार प्रशासन चुस्त बनाउने गरि भन्सार सम्बन्धी विधेयकलाई अघि बढाउनुपर्ने सुझाव दिएका छन्।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको बारेमा संशोधनकर्तासँगको छलफलका क्रममा उनीहरूले भन्सार क्षेत्रमा देखिएका समस्या हुने र भन्सार प्रशासनलाई चुस्त बनाउने गरि भन्सार सम्बन्धी विधेयकलाई अघि बढाउनुपर्ने सुझाव दिएका हुन्।
सांसद सुनिता बरालले प्रचलित कानुनमा अस्पष्टता भइ देखिएका समस्या समाधान गर्ने बाटो खुला गर्नुपर्ने धारणा राखिन्। भन्सार क्षेत्रमा कामको वर्गीकरणको मुद्धालाई पनि विधेयकमार्फत नै टुङ्गाउनुपर्ने उनको भनाई छ।

त्यस्तै सांसद विराजभक्त श्रेष्ठले भन्सार क्षेत्रमा देखिएका कानुनी अड्चन हटाउन सके भन्सार क्षेत्रमा देखिएका बेतिथी अन्त्य हुने बताए।

बैठकमा ६ जना संशोधनकर्ता सांसदहरुले आफ्नो संशोधन प्रस्तुत गरेका थिए। व्यापार सहजीकरणका लागि भन्सारसँग सम्बन्धित प्रावधानहरूलाई समयसापेक्ष परिमार्जन गर्न सरकारले उक्त विधेयक ल्याएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *