
श्रेणी : अपराध
बीरगन्ज,२७ साउन । बारा प्रहरीले भन्सार छली गरी ल्याइँदै गरेको लत्ताकपडासहित एक टेम्पो नियन्त्रणमा लिएको छ। बिश्रामपुर गाउँपालिका–५, नकटुवा नजिकैबाट मंगलबार दिउँसो करिब ३ बजे ना.२ ह ५६७६ नम्बरको टेम्पो पक्राउ गरिएको हो।
प्रहरीका अनुसार मटिअर्वाबाट वीरगञ्जतर्फ चोरी पैठारी हुँदै गरेको सूचनाका आधारमा प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा टोली खटिएको थियो। प्रहरीलाई देखेपछि चालक फरार भएका कारण टेम्पो वेवारिसे अवस्थामा फेला परेको हो।
बरामद सामग्रीमा लेडिज कुर्ता सुट, ब्लाउज, कुर्ता–सलवार, गम्छा, कोट–सुटका पाइन्ट, पूजाका कपडालगायतका थान रहेका छन्। कपडा राखिएका प्लास्टिकका बोरासहित टेम्पो अहिले आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया