वीरगन्ज :

भक्तपुर-२ मा महेश बस्नेतलाई पछाडि पार्दै कांग्रेसका थापाको अग्रता कायमै

श्रेणी : BANNER

2 years
birgunj report
16Views
0 Shares

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मत परिणामअनुसार थापाले नौ हजार नौ सय २५ मत प्राप्त गरेका छन् । उनले निकतम प्रतिस्पर्धी नेकपा (एमाले)का महेश बस्नेतलाई नौ सय ६३ मतले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणामअनुसार एमालेका बस्नेतले नौ हजार २५ मत प्राप्त गरेको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले बताए । त्यसैगरी नेमकिपाका अनुराधा थापामगर दुई हजार सात सय ६३ मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले एक हजार आठ सय १७ मतका साथ चौथो र राप्रपाका मोहन केसी एक हजार ६५ मतका साथ पाँचौं स्थानमा छन् ।

भक्तपुर २ मा ९१ हजार नौ सय ११ मतमध्ये ६५ हजार नौ सय १९ मत खसेको थियो । सो मध्ये २५ हजार पाँच सय ७२ मत गणना भएको छ । हालसम्म आठ सय २५ मत बदर भएको निर्वाचन अधिकृत पराजुलीले बताए

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *