वीरगन्ज :

ब्राजिलको दङ्गामा सहभागी एक हजार दुई सयजना पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

3 years
birgunj report
111Views
0 Shares

ब्राजिलमा राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर भएको विवादमा सहभागी भएको आशंकामा यहाँको प्रहरीले कम्तीमा पनि एक हजार दुई सय जनालाई पक्राउ गरेको जनाएको छ ।

ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरुले यहाँको राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणा भएपछि सोमबार व्यापक मात्रामा तोडफोड गरेका थिए ।

उनीहरुले यहाँको संसद भवन, ब्राजिलका राष्ट्रपतिको कार्यालयमा पनि आक्रमण गरेका थिए । उनीहरुले संसद भवनभित्रै प्रवेश गरेर त्यहाँका भौतिक संरचनामा पनि तोडफोड गरेका थिए ।

प्रहरीले आइतबार रातिको सो घटनाको अनुसन्धान गर्ने क्रममा राति नै करिब तीन सय जनालाई पक्राउ गरेको थियो ।

त्यस लगत्तै प्रहरी परिचालन गरिएको थियो । त्यस क्रममा प्रहरीले सो आक्रमण र हिंसामा सहभागी भएका व्यक्तिहरुलाई सिसी टिभीबाट पहिचान गरेर पक्राउ गर्ने काम थालेको थियो ।

यहाँको राष्ट्रपतिका रुपमा लुइज इनासियो लुला दा सिल्भा शक्तिमा आएपछि उहाँको विरोधमा पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरुले त्यसको विरोध गरेका हुन् । उनीहरुले राष्ट्रपतीय निर्वाचनको विरोध गरेका थिए ।

उनीहरुले राजधानी सहरमा रहेको सर्वाेच्च अदालतको भवनमा पनि आगजनी गरेका थिए । त्यसपछि यहाँका प्रधानन्यायाधीशले उनीहरुलाई पक्राउ गरेर कारबाही गर्न प्रहरी प्रशासनका नाममा आदेश दिएका थिए ।

यही जनवरी १ मा ब्राजिलका राष्ट्रपतिको शपथ लिनुभएका लुलाले हिंसामा सहभागी भएका सबैलाई कानुन अनुसार कारबाही हुने जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *