वीरगन्ज :

ब्याजदर घट्ने क्रम रोकियो, १७ बैंकको दर यथावत

श्रेणी : अर्थ

6 months
Pradeep Sah
2.9kViews
1136 Shares

काठमाडौं,२९ पुस । बैंकिङ क्षेत्रमा कर्जाको ब्याजदर निरन्तर घट्ने क्रम माघ महिनाबाट रोकिएको छ। वाणिज्य बैंकहरूले हालै सार्वजनिक गरेको ब्याजदरअनुसार १७ वटा बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदरलाई अघिल्लो महिनाको जस्तै यथावत् राखेका छन्।

बैंकहरूको नयाँ दर अनुसार केही बैंकले मात्र आफ्नो ब्याजदरमा परिमार्जन गरेका छन्। लक्ष्मी सनराइज बैंकले पुस महिनाको तुलनामा आफ्नो ब्याजदर बढाएको छ, जबकि कृषि विकास बैंक र नेपाल एसबीआई बैंकले आफ्नो दर केही कम गरेका छन्।

लक्ष्मी सनराइज बैंक,पुसमा ५.५% ब्याजदर थियो भने माघमा ५.७५% मा वृद्धि, कृषि विकास बैंक पुसमा ५.५७% ब्याजदर थियो भने माघमा घटेर ५.५१%,नेपाल एसबीआई बैंक पुसमा ६% थियो भने माघमा ५.५% मा कमी अाएककाे छ ।

ब्याजदरको गिरावटले माघ महिनामा केही स्थिरता पाएको देखिन्छ। यद्यपि, बैंकहरूले ब्याजदर समायोजन गर्दा निक्षेपकर्ता र कर्जा लिने ग्राहकहरूमा यसको प्रत्यक्ष प्रभाव पर्नेछ। आगामी महिनाहरूमा बैंकहरूको नीतिमा अझै कस्तो परिवर्तन आउँछ भन्नेबारे चासो रहनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *