
श्रेणी : BANNER
7Views
0
Shares
बैतडी । बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–२ मा आइतबार राति सुतिरहेको अवस्थामा घरमाथिबाट खसेको पहिरोमा आमा छोराको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पहिरोमा घर पुरिँदा २५ वर्षीया अञ्जु जागरी र उनका ४ वर्षीय छोरा रिजनको मृत्यु भएको हो । अञ्जुका १७ वर्षीय देबर देबर गोब्बरको प्रहरीले सकुशल उद्धार गरेको छ। उनलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिँदै छ । पहिरोबाट घर पूर्ण रुपमा पुरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
उनका अनुसार पहिरोमा पशुचौपाया पनि पुरिएका छन्। अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया