
श्रेणी : BANNER
काठमाडौं,२७ चैत । बैंक खाता खोल्नका लागि अनिवार्य गरिएको राष्ट्रिय परिचयपत्रसम्बन्धी नियममा नेपाल राष्ट्र बैंकले संशोधन गरेको छ। गएको माघ १ गतेदेखि लागू भएको यो व्यवस्था तीन महिनामै परिमार्जन गरिएको हो।
नयाँ संशोधित नियमअनुसार अब विदेशमा बसोबास गर्ने नेपाली नागरिकले अनलाइनमार्फत खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा यसको नम्बर नभए पनि अन्य आवश्यक कागजात पेश गरेर खाता खोल्न सक्नेछन्। तर, यस्तो खातावालाले नेपाल फर्किएपछि ३५ दिनभित्र सम्बन्धित बैंक वा वित्तीय संस्थामा राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक गराउनुपर्नेछ।
यस्तै, असक्त, अशक्त वा आफैंले हेरचाह गर्न नसक्ने नागरिकले पनि अब राष्ट्रिय परिचयपत्र नभए अन्य आवश्यक कागजातका आधारमा खाता खोल्न र कारोबार गर्न सक्ने सुविधा पाउने भएका छन्।
राष्ट्र बैंकले २०८१ माघ १ गतेदेखि लागू गरेको ‘एकीकृत निर्देशन २०८१’ मा यो परिमार्जन गरिएको हो, जसअनुसार बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण पहुँचमा ल्याई खाताको विवरण यकिन गर्नुपर्ने व्यवस्था थियो।

प्रतिक्रिया