श्रेणी : BANNER
वीरगंज (पर्सा), १९ चैत । पर्सा प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी एक जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीलले पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ३, हरिहरपुर निवासी ३० बर्षिय सुजित राउत कुर्मीलाई पक्राउ गरेकाे हाे ।
सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा शनिबार विहान ०९:३० बजेको समयमा कुर्मीलाई धाेबिनी गाउँपालिकाकाे वडा नं. ४ लंगडीबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।
बैंकिङ कसुर मुद्दामा ३ दिन कैद र रु २५ लाख जरिवाना तोकि वारदात पश्चात फरार रहेका कुर्मी लुकीछिपी बस्दै आएको अवस्थाबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि साेही दिन पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको प्रवक्ता थापाले वताए ।
प्रतिक्रिया