वीरगन्ज :

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

श्रेणी : प्रदेश

3 months
Pradeep Sah
1.8kViews
1541 Shares

काठमाडौं,१८ पुस । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने ३४ वर्षीय प्रल्हाद खत्रीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको २०७९ चैत १९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ९ लाख १९ हजार ५ सय रूपैयाँ जरिवाना र ४८ हजार रूपैयाँ क्षतिपूर्ति ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कपुरधाराबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *