वीरगन्ज :

बैंकिङ कसुरमा फरार एक करोड ३२ लाखको अभियुक्त पक्राउ

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.9kViews
1958 Shares

बीरगन्ज,३० असार । बारा प्रहरीले एक करोड ३२ लाख रुपैयाँको बैंकिङ कसुर अभियोगमा फरार रहँदै आएका एक प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति निजगढ नगरपालिका–१, सिंगौल निवासी ४३ वर्षीय भरत चौलागाईं रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी नायब निरीक्षक खेमप्रसाद नेपालद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएअनुसार, इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक जीवन लामिछानेको नेतृत्वमा खटिएको टोलीले गोप्य सूचनाका आधारमा चौलागाईंलाई निजगढकै गाउँमा घुमफिर गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

चौलागाईंविरुद्ध काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ पुर्जी जारी गरिएको थियो। पक्राउपछि उनलाई सिमरा विमानस्थलमार्फत काठमाडौं लगेर प्रहरी परिसरमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, चौलागाईंमाथि ठूलो रकमको बैंकिङ कसुर सम्बन्धी मुद्दामा संलग्नता देखिएको छ। उनलाई आवश्यक कानुनी कारबाहीका लागि अदालतमा पेश गर्न तयारी गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *