वीरगन्ज :

बेस्ट मिट मासु पसलले मासुको खरिदमा उपहार दिँदै

बेस्ट मिट मासु पसलले मासुको खरिदमा उपहार दिँदै

श्रेणी : BANNER

2 years
Pradeep Sah
6Views
0 Shares

वीरगंज । पर्साको पावर हाउस चौकमा सञ्चानमा रहेको बेस्ट मिट मासु पसलले नयाँ वर्षको अवसरमा आफ्ना ग्राहकहरुको लागि विशेष अफर ल्याएर अहिले चर्चामा आएको छ । बेस्ट मिट मासु पसलमा मासुको खरिदमा ” हरेक दिन उपहार, हरेक दिन उमङ्ग” योजनाले अहिले उपभोक्ता पनि लाभम्भित भएका छन् ।

सो पसलमा ग्राहकले मासु किन्दा साथमा एउटा कुपन पाउँछन्, सो कुपनको माध्यमले हरेक दिन एक जना भाग्यमानी ग्राहकले आकर्षक उपहार पाउने गरेका छन् । अहिलेसम्म ७ दिनमा ७ जना ग्राहकले उपहार पाइसकेका छन । उपहार पाउनेहरूमा सञ्जित कुमार विन, चाँदनी झा, डा. कमलेश कुमार यादव, पुरुषाेत्म पटेल, सुरेन्द्र पण्डित, विनय प्रसाद दास र समीर बैठा रहेका छ्न ।

उनीहरू अलग-अलग ठाउँका विजेता हुन् । पुरस्कार पाइसकेका उनीहरूले पसलले संचालनमा ल्याएको यो योजनाले ग्राहकहरुको लागि खुशीको कुरा भएको प्रतिक्रिया दिएका छन । उनीहरूले ताजा र स्वच्छ मासुको साथ उपहार पाउने हुनाले यही पसल रोज्ने गरेको बताएका छन ।

बेस्ट मिट मासु पसलका सञ्चालक रामजी प्रसाद पटेलको अनुसार यो अफर वीरगंज पहिलो पटक ल्याईएको र यसलाई हामी निरन्तरता दिदै अझ आफ्ना ग्राहकको लागि थप सुविधाहरु बढाउदै जाने बताए । मासु भन्ने कुरा मानवको स्वास्थ्यसंग जोडिएको हुनाले हामीले आफ्ना ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखी ताजा र फ्रेश मासु बेच्ने गरेको संचालक पटेलले बताए ।

उनको अनुसार यो पसलमा ग्राहकको स्वास्थसंग कुनै सम्झौता नहुने र एकचोटी आफ्नो पसलमा आएर भिजिट गर्न आम ग्राहकलाई अनुरोध गरे । उनले हामी दिनहुँ आफ्ना ग्राहकसँग सलाह, सुझाव लिएर काम गर्ने गरेको बताए । अहिले सो पसलमा ग्राहकहरुको दिनहु मासु किन्न लाईन लाग्ने गरेको देख्न सकिन्छ। वीरगंजमा यस्तो किसिमको पसलबाट अब यहाँका ग्राहकले ताजा र स्वच्छ मासु खान सक्ने वातावरण बन्दै गएको आकलन गर्न सकिन्छ । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *