वीरगन्ज :

बेलारुस र रुसको संयुक्त सैनिक अभ्यास सुरु

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
25Views
0 Shares

बेलारुसले रुससँगको संयुक्त वायुसेना अभ्यास आफ्नो क्षेत्रमा सुरु भएको जानकारी दिएको छ ।
मिन्स्कको रक्षा मन्त्रालयले बेलारुस र रुसबाट उड्डयन एकाइहरूको संयुक्त रणनीतिक उडान अभ्यास सुरु भएको बताएको छ ।

अभ्यास फेब्रुअरी १ सम्म चल्ने पनि मन्त्रालयले जानकारी दिएको छ । अभ्यासको मुख्य लक्ष्य लडाई प्रशिक्षण मिसनहरूको संयुक्त प्रदर्शनमा परिचालन अनुकूलता बढाएको मन्त्रालयले विज्ञप्ति जारी गरी जनाएको छ ।

बेलारुसका सबै सैन्य एयरफिल्डहरू अभ्यासमा संलग्न हुने मिन्स्कले जानकारी दिएको छ । उक्त अभ्यासमा हवाई अनुगमन, राज्यको सीमामा संयुक्त गस्ती, रणनीतिक हवाई आक्रमण अवतरण, सामान ढुवानी र घाइतेको उद्धार गर्ने तालिम हुने मन्त्रालयले जनाएको छ ।

अधिकारीहरूले अभ्यासलाई रक्षात्मक रूपमा वर्णन गरेका छन्।अभ्यास विशुद्ध रूपमा रक्षात्मक प्रकृतिको भएको बेलारुसको सुरक्षा परिषद्का प्रथम उप–राज्य सचिव, पावेल मुरावेकोले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *