वीरगन्ज :

बेलवामा पनि हटाइयो ऐलानी जग्गाकाे अतिक्रमण

बेलवामा पनि हटाइयो ऐलानी जग्गाकाे अतिक्रमण

श्रेणी : BANNER

2 years
Pradeep Sah
39Views
0 Shares

वीरगंज (पर्सा), २४ जेठ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ बेलवामा पनि ऐलानी जग्गा अतिक्रमण गरि निर्माण गरिएका संरचनाहरु वीरगन्ज महानगरपालिका हटाएको छ । बेलवामा रहेकाे ४ कठ्ठा १० धुर ऐलानी जग्गामा अतिक्रमण गरि बनाइएका घरटहरा बुधबार महानगरकाे टाेलीले डाेजरले भत्काएर खाली गराएकाे हाे ।

यसअघि अतिक्रम हटाउन वीरगन्ज महानगरपालिकाले पटक पटक आग्रह गर्दा पनि अटेर गरिएपछि बुधबार महानगरकाे टाेलीले आफैं डोजर लगाएर ऐलानी जग्गा अतिक्रमण मुक्त गराएकाे हो । अतिक्रमण हटाउन गएकाे महानगरको टाेलीमा महानगरकाे भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाअध्यक्ष प्रदीप चौरसिया, सचिवालय सल्लाहकार हरि पोखरेल, नगर प्रहरी प्रमुख हरि भुषाल लगायतको सहभागीता थियो । वीरगंज टाइम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *