वीरगन्ज :

बेनु क्षुद्रग्रहको नमुना पृथ्वी आइपुगेको नासाद्वारा पुष्टि

श्रेणी : अन्तर्राष्ट्रिय

1 year
birgunj report
88Views
0 Shares

सौर्य मण्डलको सबैभन्दा खतरनाक चट्टानको रूपमा वर्णन गरिएको एउटा क्षुद्र ग्रहको धूलो नमुना अन्ततः पृथ्वीमा ल्याइएको छ । बेनु क्षुद्र ग्रहको अध्ययन गरिरहेको सात वर्षे अन्तरिक्ष मिशनले उसको नाटकीय निष्कर्ष निकाल्न लागेको छ ।

ओसाइरिस–रेक्स अन्तरिक्ष यानले क्षुद्रग्रह बेनुको सतहबाट लिएको माटोका नमुनाहरू स्थानीय समय अनुसार आइतबार बिहान १० बजेर ५२ मिनेट जाँदा पृथ्वीमा झारिएको हो ।

नासाले अमेरिकी राज्य युटाको वेस्ट डेजर्टमा एक क्याप्सुलमा राखेर ल्याइएको उक्त पदार्थ अवतरण गराएको हो । पृथ्वीमा खसाउने क्रममा आगोबाट नजलोस् भनेर उक्त धुलोलाई क्याप्सुलभित्र सुरक्षित रूपमा राखिएको थियो ।

त्यसबाट पृथ्वीको विगतबारे महत्वपूर्ण जानकारी प्राप्त हुने ठानिएको छ । वैज्ञानिकहरूले उक्त नमुनाको रासायनिक अध्ययनले ४ अर्ब ५० करोड वर्ष पहिले ग्रहहरूको उत्पत्ति बारेमा नयाँ जानकारी प्रकट गर्ने र सम्भवतः पृथ्वीमा जीवन कसरी सुरु भयो भन्नेबारे अन्तर्दृष्टि दिने अपेक्षा गरेका छन् ।

उक्त प्रोबले छाडेको क्याप्सुलले अमेरिकी रक्षा मन्त्रालयको स्वामित्वमा रहेको मरुभूमिमा अवतरण भएको हो । ओसाइरस–रेक्स परियोजनामा संलग्न सबैका लागि विशेषगरी उक्त क्याप्सुल पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने अन्तिम १३ मिनेट चिन्ताजनक हुने बताएका थिए ।

कारको टायर आकारको उक्त कन्टेनर सुरुमा १२ किलोमिटर प्रति सेकेन्डभन्दा बढी गतिमा खस्ने र त्यसको तापक्रम ३ हजार डिग्री सेल्सिअसभन्दा बढी पुग्ने उनीहरूले जनाएका थिए । तर ‘थर्मल शिल्ड’ र प्यारासुटको संयोजनले त्यसलाई मरुभूमिको सुरक्षित स्थानमा ल्याइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *