वीरगन्ज :

बेतियामा दहेजका कारण विवाहिता महिला हत्या,माइती पक्षको आरोप

श्रेणी : BANNER

5 months
Pradeep Sah
2.9kViews
1338 Shares

बीरगन्ज,०४ साउन । भारतको बिहार बेतिया जिल्लाको लौरिया थाना क्षेत्रको गोबरौरा गाउँमा एक २५ वर्षीया विवाहिता महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। मृतक संगीता कुमारीको श्रीमान् भुट्टू राम हाल रोजगारीका लागि केरलमा बसेका कारण घटना बेलामा घरमा थिएनन्।

घटना शुक्रबार साँझ करिब ५ बजेतिर भएको बताइएको छ। मृतकका माइती पक्षले संगीतालाई पटक–पटक दहेजका लागि मानसिक र शारीरिक यातना दिइएको आरोप लगाएका छन्। पीडित परिवारका अनुसार संगीता आफैंले पनि फोनमा ससुराल पक्षबाट यातना भइरहेको जानकारी दिएकी थिइन्। तर, हरेक पटक सामाजिक मर्यादाका कारण परिवारले मिलाउने प्रयास गरेका थिए।

घटनापछि संगीता कुमारीको ससुराल पक्षका सदस्यहरू घर छोडेर फरार भएका छन्। लौरिया थाना प्रहरीले घटनास्थल पुगेर शवलाई पोस्टमार्टमका लागि बेतियास्थित सरकारी मेडिकल कलेज पठाएको छ। प्रहरीले संगीता कुमारीको माइती पक्षको उजुरीका आधारमा मुद्दा दर्ता गरी फरार भएकाहरूको खोजी तीव्र बनाएको जनाएको छ।

पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको वास्तविकता स्पष्ट हुने जनाइएको छ। यसबीच, पीडित परिवारले दोषीलाई छिट्टै पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन्। अहिले गाउँमा सन्नाटा छाएको छ भने संगीता कुमारीका आमाबुबा र आफन्तहरू न्यायको पर्खाइमा रोइरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *