२०८२ बैशाख ६, शनिबार

वीरगन्ज :
०६:२२:२२

बेटिङ अनलाइन साइटमार्फत सट्टेबाजी गरेको आरोपमा पाँचजना पक्राउ, करोडौंको कारोबार गरेको फेला

श्रेणी : BANNER

2 years
birgunj report
15Views
0 Shares

काठमाडौँ । प्रहरीले नेपालमा अवैध सट्टेबाजी र क्रिप्टो करेन्सीको कारोबार गर्ने समूहलाई पक्राउ गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी अनलाइनमार्फत सट्टेबाजी गरेर करोडौँको कारोबार गर्ने पाँचजनालाई पक्राउ गरेको हो ।

वानएक्स वेटबाट सट्टेबाजी गर्ने मध्ये पक्राउ पर्ने मुख्य व्यक्ति दिनेश खड्काले मात्रै ६४ करोड भन्दा बढीको कारोबार गरेको देखिएको कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसीले जानकारी दिएका छन् ।

त्यस्तै पक्राउ परेका अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द, आशिष लामिछानेले पनि करोडौंको कारोबार गरेको देखिएको केसीले बताए। पक्राउ परेका लामिछानेबाट ३५ लाख नगद पनि बरामद गरिएको एसएसपी केसीले बताए ।

पक्राउ परेका व्यक्तिहरूबाट अवैध सट्टेबाजी र क्रिप्टो करेन्सीकोे कारोबार गर्ने प्रमाणहरू फेला परेको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *