वीरगन्ज :

बेंगलुरुमा आरसीबीको विजय जुलुसमा भागदौड, १० जनाको मृत्यु, १५ घाइते

श्रेणी : अन्तर्राष्ट्रिय

1 day
Pradeep Sah
2.7kViews
1279 Shares

काठमाडौं,२२ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को विजेता रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) को विजय जुलुस उत्सव दुःखद घटनामा परिणत भएको छ। बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियम नजिक आयोजित विजय समारोहका क्रममा अचानक भागदौड हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था अत्यन्त गम्भीर छ। मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। घटनास्थलमा तत्काल उद्धार टोली परिचालन गरिएको थियो भने घाइतेलाई नजिकैको अस्पताल पुर्‍याइएको छ। कर्नाटकका मुख्यमन्त्री सिद्धारमैया स्वयं अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिने तयारीमा छन्।

विजेता टोली तोकिएको समयभन्दा ढिलो गरेर स्टेडियममा पुगेको थियो। टोली आइपुग्ने बित्तिकै हजारौं समर्थकहरू ‘आरसीबी’, ‘कोहली’ भन्दै नारा लगाउँदै अगाडि बढे, जसले भीडलाई अनियन्त्रित बनायो। समर्थकहरूले विराट कोहलीलाई ट्रफी चुमेको देखेपछि स्थिति झनै उग्र भएको प्रत्यक्षदर्शीहरू बताउँछन्।

जसले आरसीबीका लागि ऐतिहासिक क्षण हुनुपर्ने थियो, त्यो अब पीडादायी सम्झनामा बदलिएको छ। सुरक्षाकर्मीहरूको संयोजन, भिड नियन्त्रण र पूर्वतयारीको अभावले यस्ता घटनालाई अझै जटिल बनाएको बताइँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *