वीरगन्ज :

बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने

श्रेणी : BANNER

3 years
birgunj report
31Views
0 Shares

काठमाडौं । निर्वाचन आयोगले बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ। आयोगको मंगलबार बसेको बैठकले बुधबारदेखि आचारसंहिता कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

उनले आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा आयोगले गरेको बताए । यसअघि आयोगले दलहरुसँग निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो।

असोज ९ गते प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न १२ राजनीतिक दलका नेताहरुले आचारसंहितामा लिखित प्रतिवद्धता जनाएपछि आयोगले भोलिदेखि लागू नै गर्ने निर्णय गरेको हो ।

आयोगसँगको छलफलमा राजनीतिक दलका नेताहरुले आचारसंहिताका विभिन्न प्रावधानमाथि आपत्ति जनाएका थिए। आयोगले भने आचारसंहिता जारी नै भइसकेकाले संशोधन सम्भव नभए पनि व्यवहारिक हिसाबले कार्यान्वयन गर्न सकिने बताएको थियो।

मन्त्रीले आफू उम्मेदवार भएको बाहेक निर्वाचन क्षेत्रमा प्रचार गर्न नपाउने भन्ने व्यवस्था व्यवहारिक नभएको भन्दै पार्टीका शीर्ष नेताले विरोध गरेका छन् ।

उक्त व्यवस्था राजनीतिक अधिकार विपरीत भएको दलहरूको बताएका छन् । यस्तै, दलहरुले उम्मेदवारी मनोनयनमा २५ जना भन्दा बढी सहभागी गराउन नपाउने आचारसंहितामा व्यवस्था छ।

त्यसमा पनि दलहरुले आपत्ति जनाएका छन् । त्यस्तै, चुनाव प्रचार प्रसारका क्रममा मञ्च बनाएको खर्च विवरण एक हप्ताभित्र बुझउनुपर्ने व्यवस्था पनि व्यवहारिक नभएको भन्दै दलहरुले विरोध गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *