श्रेणी : राजनीति
काठमाडौं । भदौ ११ गते
आज बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।एक अर्ब ११ करोड रुपैयाँको लागतमा बनेको सम्मेलन केन्द्रको बिहान १० बजे उद्घाटन गर्ने आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए ।
एमालेको बुटवलमा सम्पन्न आठौं महाधिवेशनले बुटवलमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र आवश्यक रहेको एजेण्डा पारित गरे अनुसार रुपन्देही– २ का सांसद तथा एमाले उपाध्यक्ष विष्णु पौडेलको योजनामा सम्मेलन केन्द्र बनेको हो ।
उद्घाटन कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकास मन्त्री मेटमणि चौधरी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको पन्थीले बताए ।
प्रतिक्रिया