वीरगन्ज :

बीरगन्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व संकलन

श्रेणी : अर्थ

3 weeks
Pradeep Sah
3.0kViews
1287 Shares

बीरगन्ज,१० चैत । बीरगन्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार राजस्व संकलन गरेको छ ।

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रु ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार चालु आवको पछिल्ला दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशतसम्म राजस्व संकलन भएको छ ।

कार्यालयले गत साउनमा रु ३ अर्ब ७५ करोड, भदौमा रु ४अर्ब ६४ करोड राजस्व संकलन गरेको थियो । असोजमा रु ४ अर्ब ३६ करोड, कात्तिकमा रु ३ अर्ब ७९ करोड राजस्व संकलन गरेको थियो ।

यसैगरी, गत मंसिरमा रु ३ अर्ब २२ करोड, पुसमा रु ३अर्ब ५६ करोड, माघमा रु ४अर्ब २९ करोड र फागुनमा रु ४ अर्ब ६८ करोड राजस्व संकलन गरेको हो । चालु आवको आठ महिनामध्ये सबैभन्दा धेरै राजस्व फागुनमा नै संकलन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *