वीरगन्ज :

बीरगन्ज सुक्खा बन्दरगाह भन्सारबाट १० महिनामा ४१ अर्बभन्दा बढी राजस्व संकलन

श्रेणी : अर्थ

2 months
Pradeep Sah
3.0kViews
1052 Shares

बीरगन्ज,१३ जेठ । बीरगन्जको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत साउनदेखि बैशाखसम्म १० महिनाको अवधिमा वार्षिक लक्ष्यको ६८ दशमलव ५८ प्रतिशत राजस्व संकलन गरेको हो ।

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा एक अर्ब १४ करोड २८ लाख बढी राजस्व संकलन गरेको जानकारी दिए।
उनका अनुसार,कार्यालयले गत आर्थिक वर्षको साउनदेखि बैशाखसम्म १० महिनामा ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व संकलन गरेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको हो।

सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत साउनमा तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड, असोजमा चार अर्ब ३६ करोड, कात्तिकमा तीन अर्ब ७९ करोड, मङ्सिरमा तीन अर्ब २२ करोड, पुसमा तीन अर्ब ५६ करोड, माघमा चार अर्ब २९ करोड, फागुनमा चार अर्ब ६८ करोड, चैतमा चार अर्ब ५० करोड र बैशाखमा चार अर्ब ३४ करोड ५२ लाख ८९ हजार राजस्व सङ्कलन गरेको हो ।

भन्सार विभागले सुक्खा बन्दरगाह कार्यालयलाई चालू आर्थिक वर्षका लागि ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *