वीरगन्ज :

बीरगन्ज महानगरले सरकारी शिक्षकलाई अन्य विद्यालयमा काम गरे कठोर कारबाही गरिने चेतावनी

श्रेणी : BANNER

2 weeks
Pradeep Sah
2.1kViews
1890 Shares

बीरगन्ज,०४ भदौं । बीरगन्ज महानगरपालिकाले मातहतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले आफ्नो विद्यालय बाहेक अन्य विद्यालयमा काम गरेको पाइए कठोर कारबाही गरिने चेतावनी दिएको छ।

महानगरका सामुदायिक विद्यालयमा शिक्षकहरूले नियमित उपस्थिती नदिँदा र अन्य विद्यालयमा पनि काम गर्दा पठनपाठनमा असर परेको महानगरपालिकाले जनाएको छ।

शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जारी गरेको सूचनामा भनिएको छ, “सामुदायिक विद्यालयका शिक्षकहरूले व्यवस्थापन समिति र स्थानीय तहको स्वीकृति नलिई अन्यत्र काम गर्ने र आफ्नो विद्यालयको पठनपाठनमा अनियमित हुने कार्य आइन्दा नगर्न नगराउनु हुन अनुरोध छ। शिक्षा नियमावली, २०५९ को नियम १३३(ज) र वीरगन्ज महानगरपालिकाको शिक्षा नियमावली, २०७४ को नियम १०४(ज) अनुसार शिक्षकहरूले आचार संहिता पालना गर्न अनिवार्य छ।”

सूचनामा शिक्षकहरूले आफ्नै विद्यालय बाहेक अन्यत्र काम गरेको पाइए प्रचलित नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *