
श्रेणी : मधेस
बीरगन्ज,०८ जेठ । बीरगन्ज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्कलाई थप व्यवस्थित र प्रभावकारी बनाउन पत्रकार निरन्जन मिश्रलाई जनसम्पर्क सल्लाहकार नियुक्त गरेको छ।
महानगर प्रमुख राजेशमान सिंहले बिहीबार नगर कार्यालमा आयोजित कार्यक्रममार्फत मिश्रलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्। नियुक्तिसँगै मिश्रले नगरप्रमुख र महानगरपालिकाबीचको जनसम्पर्क व्यवस्थापन, सञ्चार समन्वय तथा सूचना प्रवाह सुदृढ बनाउने जिम्मेवारी सम्हाल्ने छन्।
सञ्चार क्षेत्रमा लामो अनुभव बोकेका मिश्रले नियुक्तिपछि प्रतिक्रिया दिंदै जनसम्पर्क प्रणालीलाई आधुनिक, समावेशी र सर्वसुलभ बनाउने प्रतिबद्धता व्यक्त गरे।
“महानगरका गतिविधि आम नागरिकसम्म छिटो, सही र प्रभावकारी ढंगले पुगोस् भन्ने मेरो प्राथमिकता हुनेछ,” मिश्रले भने।
महानगर प्रमुख सिंहले मिश्रको अनुभव र दक्षताले नगरको समग्र सञ्चार प्रणालीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।


प्रतिक्रिया