श्रेणी : अर्थ
      1.9kViews
      
      
      1391
      Shares
      
      
बीरगन्ज,१२ चैत । चालु आर्थिक वर्षको आठ महिनामा बीरगन्ज भन्सारबाट ५३ अर्ब २६ करोड रुपैयाँ मूल्य बराबरको वस्तु निर्यात भएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १७२.०१ प्रतिशतको वृद्धि हो।
बीरगन्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेले जानकारी दिएका अनुसार, यस वर्ष भटमासको तेलको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। चालु वर्षको आठ महिनामा २८ अर्ब १९ करोड रुपैयाँ मूल्य बराबरको १३ करोड ४७ लाख १० हजार एक सय ४२ लिटर भटमासको तेल निर्यात भएको छ।
त्यस्तै, चार अर्ब ८८ करोड रुपैयाँ मूल्य बराबरको जुस र तीन अर्ब ६८ करोड मूल्यका फलाम तथा फलामका सामग्री पनि निर्यात भएका छन्।
यो निर्यात वृद्धि नेपालको व्यापार र अर्थतन्त्रमा सकारात्मक संकेतको रूपमा लिइएको छ।
    
    
    
									
									
									
        
        
प्रतिक्रिया