२०८२ बैशाख १९, शुक्रबार

वीरगन्ज :
१०:११:५७

बीरगन्ज भन्सारद्वारा ९ महिनामा एक खर्ब २४ अर्बभन्दा बढी राजस्व संकलन

श्रेणी : अर्थ

2 weeks
Pradeep Sah
2.3kViews
1898 Shares

बीरगन्ज,०३ वैशाख । बीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा १ खर्ब २४ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयकाअनुसार साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड बराबरको राजस्व संकलन भएको छ । त्यस्तै, कात्तिक ११ अर्ब १० करोड, मंसिरमा १४ अर्ब ४० करोड, पुसमा १५ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी, माघमा १४ अर्ब ४४ करोड, फागुनमा १४ अर्ब ६३ करोड र चैतमा १५ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म चैतमा सबैभन्दा धेरै राजस्व संकलन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *