वीरगन्ज :

बीरगन्ज बसपार्कमा अव्यवस्थित पार्किङ हटाउने अभियान,महानगरको कडाइ

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.0kViews
1287 Shares

बीरगन्ज,२५ वैशाख । बीरगन्ज महानगरपालिकाले नयाँ बसपार्क क्षेत्रलाई व्यवस्थित बनाउन र यात्रुहरूको सहजताका लागि अव्यवस्थित पार्किङविरुद्ध कडाइ थालेको छ। बस, सुमो तथा अन्य सार्वजनिक सवारीसाधन मनपरी तरिकाले पार्क गरिँदा यात्रुहरूलाई असुविधा हुनुका साथै ट्राफिक जाम र अव्यवस्थाको समस्या बढेपछि महानगरले सक्रियता देखाएको हो।

महानगरको टोलीले लामो समयदेखि प्रयोगमा नरहेका तथा मालिकबिना बसपार्कमै एका दुई वटा वेवारिसे बसहरूलाई क्रेनमार्फत हटाइसकेको छ। महानगरले यस्ता लापरबाही गर्नेहरूलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

महानगर प्रमुख राजेशमान सिंहले बसपार्कलाई स्वच्छ, सुरक्षित र यात्रु–मैत्री बनाउने अभियानलाई तीव्र बनाइएको जानकारी दिँदै सवारी धनीहरूलाई गाडी निश्चित स्थानमा मात्र पार्क गर्न अनुरोध गरेका छन्। उनले साझेदार संस्थाहरुलाई पनि यो कार्यमा सक्रिय र जिम्मेवार हुन निर्देशन दिएका छन्।

यस अभियान अन्तर्गत बसपार्कको नियमित सरसफाइ, फोहोरमैला व्यवस्थापन र निगरानीमा समेत कडाइ गरिएको छ। सरसफाई तथा हरियाली संयोजक प्रकाश खेतानले यो कुनै एकदिने अभियान नभइ दीर्घकालीन रूपमा निरन्तर चलाइने कार्यक्रम भएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *