श्रेणी : अन्तर्राष्ट्रिय
बीरगन्ज,२३ माघ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा पर्साको बीरगन्ज नाका हुँदै भटमास र सूर्यमुखीको प्रशोधित तेलको निर्यातमा उल्लेख्य वृद्धि भएको छ।
बीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार ११ अर्ब ९९ करोड १८ लाख रुपैयाँ बराबरको ५ करोड ६० लाख लिटर भटमासको तेल निर्यात भएको छ। गत आवको सोही अवधिमा ३ करोड ११ लाख रुपैयाँ बराबरको मात्र एक लाख एक हजार लिटर तेल निर्यात भएको थियो।
सूर्यमुखी तेल निर्यात पनि गत वर्षको तुलनामा धेरै बढेको छ। चालु आवको पहिलो छ महिनामा ३ अर्ब २१ करोड ९१ लाख रुपैयाँ बराबरको २ करोड २८ लाख लिटर सूर्यमुखी तेल निर्यात भएको कार्यालयले जनाएको छ । गत आवको सोही अवधिमा यो निर्यात ९ करोड ९४ लाख रुपैयाँमा सीमित थियो।
सूचना अधिकारी तिवारीका अनुसार छिमेकी भारतमा तेलको निर्यात सहज भएकाले व्यापारमा यस्तो वृद्धि देखिएको हो।
प्रतिक्रिया