वीरगन्ज :

बीरगन्ज नयाँ बसपार्कमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

श्रेणी : मधेस

1 month
Pradeep Sah
2.4kViews
1493 Shares

बीरगन्ज,०७ जेठ । बीरगन्ज महानगरपालिका–१६ स्थित नयाँ बसपार्क परिसर हरियाली बनाउन तथा वातावरण संरक्षणका लागि एक वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति, वीरगंज महानगरपालिका, ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र र ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर–१० को संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष किरण पौडेल सहभागी भए भने कार्यक्रमको अध्यक्षता जयप्रकाश खेतानले गरे।

वृक्षारोपण अभियान अन्तर्गत विभिन्न जातका करीब १०० वटा बिरुवा रोपिएको आयोजकहरूले जानकारी दिएका छन्।

कार्यक्रममा भारतीय महावाणिज्य दूतावास बीरगन्जका प्रमुख डी.एस. मिना, समितिका प्रकाश नेपाल, जिल्ला प्रहरी कार्यालय पर्साका किशोर लम्साल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं, सशस्त्र प्रहरी एसपी राधेश्याम धिमाल, ट्राफिक प्रहरी प्रमुख लोकराज भट्ट, बसपार्क प्रहरी चौकीका सई धीरेन्द्र थपलिया, नगर प्रहरी प्रमुख हरि भुसाल ,सरसफाइ शाखाका सर्फुदिन मियाँ, वातावरण शाखाका प्रमुख प्रकाश ऐर, समाजसेवी बसन्त उपाध्याय, प्रेम राम, प्रहरी निरीक्षक प्रदीप गोले लगायत सामुदायिक प्रहरी र सेवा केन्द्रका पदाधिकारीहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *