वीरगन्ज :

बीरगन्ज कलेजमा १५ महिलासहित ६२ जनाले गरे रक्तदान

श्रेणी : मधेस

5 months
Pradeep Sah
1.9kViews
1706 Shares

बीरगन्ज,२७ चैत । नयाँ वर्ष २०८२ को अवसरमा बीरगन्ज कलेजले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ जनाले रगतदान गरेका छन्। नेपाल रेडक्रस सोसाइटी रेशमकमेठी उपशाखाको सहकार्यमा सम्पन्न कार्यक्रममा १५ जना महिलासहित कुल ६२ जनाले रक्तदान गरेका हुन्।

रक्तदान गर्नेहरूमा रितिका कुमारी महर्जन, प्रीति कुमारी, सुनिता साह, जान्भी गुप्ता, रिया यादव, श्रवण पटेल, विकेश कुमार लगायतको उल्लेखनीय उपस्थिति रहेको युवा संयोजक अभिलाष गुप्ताले बताए।

बीरगन्ज कलेजका अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन सत्रमा सुरेश प्रसाद चौधरी, विनोद कुमार गुप्ता, सुनिता साह, राजेन्द्र भट्टराई, प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशिला साह, रेडक्रस पर्सा शाखाका सभापति बृजकिशोर पटेल र सामुदायिक प्रहरी सेवा कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझीको उपस्थिति रहेको थियो।

कार्यक्रमले सामाजिक सेवा र मानवीय मूल्यलाई जोड दिने उद्देश्यसहित नयाँ वर्षलाई सकारात्मक कार्यद्वारा स्वागत गरिएको आयोजक पक्षले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *